Below Menu
Below Menu

बैंकिङ प्रणालीबाट ६ दिनका लागि एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक  

बैंकिङ प्रणालीबाट ६ दिनका लागि एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक  

काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबार (आज) बजारबाट थप एक खर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।

फागुन १७ गते एक खर्ब १० अर्ब तानेको बैकले पुनः ६ दिनका लागि एक खर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । बैंकले छोटो अवधिमा लगातार रुपमा बजारबाट पैसा उठाउन लागेको हो ।

बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी सात दिनको लागि निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी फागुन १५ गते हुने बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।

इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।