Below Menu

निर्वाचनका दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

निर्वाचनका दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन समेत आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ।

Sponsored Advertisement

प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ। मध्यपूर्वमा विकसित परिस्थितिका कारण ती क्षेत्रका सबै उडान तत्कालका लागि स्थगित छ। 

मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित उडान तालिकाबमोजिम सञ्चालन हुने प्राधिकरणले जनाएको छ। 

थप समाचार