Below Menu
Below Menu

उच्च अंकले घट्यो शेयर बजार, १३ अर्बमा समेटियो कारोबार

उच्च अंकले घट्यो शेयर बजार, १३ अर्बमा समेटियो कारोबार

काठमाडौं : बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक र कारोबार रकम उच्च अंकले घटेको छ । नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ बिन्दुमा झरेको छ। निर्वाचन पछिको पहिलो कारोबार दिन सोमबार सकारात्मक सर्किट लागेर बन्द भएको शेयर बजार मंगलबार र बुधवार भने घटेको छ 

मंगलबार साढे ७ महिना यताकै उच्च कारोबार (२१ अर्ब ५० करोड २० लाख रुपैयाँभन्दा बढी) भएको शेयर बजारमा बुधवार १३ अर्ब १८ करोड २ लाख ५५ हजार १५७ रुपैयाँ बराबरको मात्र शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये १ उपसमूहको मात्र मूल्य बढेको छ । आज म्यूचुअल फण्ड कम्पनीको शेयरमूल्य ०.३४ प्रतिशत बढेको छ । बाँकी सबै उपसमूहको शेयरमूल्य घटेको छ ।

आज कारोबारमा आएको ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने २२५ कम्पनीको शेयरमूल्य घटेको छ । आज ३ कम्पनीको शेयरमूल्य यथावत् रहेको छ ।

आज सालपा विकास बैंकको शेयरमूल्य १० प्रतिशत बढेको छ । यसैगरी, नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य ९.३३ प्रतिशत बढेको छ ।

Advertisment

थप समाचार