Below Menu
Below Menu

मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त

मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त

काठमाडौं : बीएलसी ग्लोबल होल्डिङ्गस् प्रा.लि.की सह-अध्यक्ष मेघा चौधरी नेपालका लागि मोरोक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएकी छन्।

मोरोक्को अधिराज्यका परराष्ट्र मामिला, अफ्रिकन सहयोग तथा मोरोक्कन प्रवासी मन्त्री नासेर बौरिटाले परराष्ट्र मन्त्रालयमार्फत चौधरीलाई उक्त पदमा नियुक्तिका लागि स्वीकृति पत्र पठाएका थिए।

चौधरीले बुधबार नेपाल सरकारका परराष्ट्र सचिव अमृत बहादुर राईमार्फत नियुक्ति पत्र ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेकी छन्। नवनियुक्त महावाणिज्यदूत चौधरीको कन्सुलर कार्यक्षेत्र काठमाडौं उपत्यकाभर तोकिएको छ।

नियुक्ति पत्र ग्रहण गर्दै चौधरीले नेपाल र मोरोक्कोबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ र अर्थपूर्ण बनाउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।

चौधरीको यो नियुक्तिसँगै नेपाल र मोरोक्कोबीचको द्विपक्षीय व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानमा थप विस्तार हुने विश्वास गरिएको छ।

Advertisment

थप समाचार