काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंकसहित तीन कम्पनीको पौने तीन करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
सोमबार नेप्सेले लक्ष्मी सनराइज बैंक, डिप्रोक्स लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाको दुई करोड ८३ लाख ६५ हजार ४३८ दशमलव ०८६१ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनसपछिको दुई करोड ४३ लाख ४६ हजार ५१२ दशमलव २३ कित्ता र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनसपछिको १६ लाख ६८ हजार २८५ दशलमव ६९६१ कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्थाको १४ प्रतिशत बोनसपछिको २१ लाख ५० हजार ६४० दशमलव १६ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment