काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार घटेको भएता पनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको हो ।
बुधबार सेयर बजार मापक नेप्से परिसूचक २२.४५ अंकले घटेर २९३५.९४ बिन्दुमा पुगेको छ । यसैगरी, आज सेयर बजारमा १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।मंगलबार सेयर बजारमा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबारको मात्र कारोबार भएको थियो ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये २ उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी ११ उपसमूहकोको सूचक ओरालो लागेको छ । आज ट्रेडिङ समूह र उत्पादन तथा प्रशोधन उपसमूह तर्फको सेयर मूल्य बढेको हो ।
आज कारोबारमा आएको ३ कम्पनीमा सकाारात्मक सर्किट लागेको छ । आज रिलायन्स स्पिनिङ्ग मिल्स र सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको हो । यसैगरी, आज सोलु हाइड्रोपावरको भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्टइनको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
Advertisment