संघको पौष १८ गते भएको ३४ औं वार्षिक साधारण सभाले विनियम संशोधन पश्चात् नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन गर्ने निर्णय गरेको थियो।
काठमाडौं । जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको अध्यक्षमा जगतलाल महर्जन विजयी भएका छन्। आज सम्पन्न निर्वाचनमा महर्जनले २०१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी केदार गोर्खालीले १९२ मत ल्याएका थिए।
त्यस्तै, सचिव पदमा अनिल वीर बज्राचार्य विजयी भएका छन्। बज्राचार्यले २४५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दिनेश संजेलले १४४ मत पाएका छन्।
महिला सदस्यतर्फ सविना तण्डुकार र इन्द्रकुमारी शाक्य निर्वाचित भएका छन्। खुला सदस्यतर्फ राम गोविन्द महर्जन, उपेन्द्र अवाले र दिपेन्द्र रमण डंगोल विजयी भएका छन्।
उपाध्यक्ष पदमा शशि खड्का गुरुङ निर्विरोध निर्वाचित भएकी छिन्। त्यस्तै कोषाध्यक्षमा पुरुषोत्तम बजगाई र लेखा समिति सदस्य (महिला)मा इन्द्र कुमारी गुरुङ पनि निर्विरोध चयन भएका छन्।

Advertisment