Below Menu
Below Menu

बचतपत्रको सावाँ-ब्याज भुक्तानी लिन राष्ट्र बैंकको आग्रह 

बचतपत्रको सावाँ-ब्याज भुक्तानी लिन राष्ट्र बैंकको आग्रह 

काठमाडौं : नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र तथा वैदेशिक रोजगारी बचतपत्रका धनीहरूलाई परिपक्व भइसकेको साँवा र ब्याज रकम यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी गरिएका यी बचतपत्रहरूमध्ये केहीको साँवा तथा आर्जित ब्याज रकम २०८१ जेठ मसान्तसम्म परिपक्व भइसक्दा पनि धेरै धनीहरूले भुक्तानी लिन बाँकी रहेको देखिएको छ।

यसै कारण सम्बन्धित सबै बचतपत्रधनीलाई ढिलाइ नगरी मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गरी आफ्नो रकम बुझिलिन आग्रह गरिएको हो। राष्ट्र बैंकले जारी गरेका नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्रहरू २०८२ जेठ मसान्तसम्म पूर्ण रूपमा परिपक्व भइसकेका छन्।

राष्ट्र बैंकले समयमै आफ्नो हकको रकम लिन आग्रह गर्दै आवश्यक प्रक्रिया पूरा गरी छिटो भुक्तानी लिन सबैलाई अनुरोध गरेको छ।

Advertisment