काठमाडौं : सन नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन् ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा उनलाई न्यूप्लाजा, पुतलीसडकबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको सेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायसमक्ष पेश गरिएका विवरण तथा कागजातहरूमा असंगति देखिएको आरोप छ। प्राप्त सक्कल आवेदन फाराम र तिनका प्रतिलिपिहरू विभिन्न निकायमा फरक–फरक देखिएपछि शंका उत्पन्न भएको हो।
धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०० विपरीत कसुर गरेको ठहर गर्दै अर्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Advertisment