Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, साढे आठ अर्बको कारोबार

झिनो अंकले बढ्यो शेयर बजार, साढे आठ अर्बको कारोबार

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजारमा सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९८कम्पनीको शेयरमूल्य बढेको छ । भने १५७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। 

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा ८ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज एसवाई प्यानल नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी र सुपर खुदी हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ३.०६ प्रतिशतले घटेको छ । 

Advertisment

थप समाचार