Below Menu
Below Menu

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं : नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । विसं २०६२ सालमा बैंकिङ सेवामा प्रवेश गरेका पण्डितलाई अर्थ मन्त्रालयको प्रस्तावमा उक्त जिम्मेवारी दिइएको हो ।

डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त थियो ।

 

 

Advertisment

थप समाचार