Below Menu
Below Menu

नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहण

नवनियुक्त डेपुटी गभर्नर पण्डितद्वारा शपथ ग्रहण

काठमाडौं : नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पण्डितले शपथ ग्रहण गरेका हुन् ।

उनले आजै पदबहाली समेत गरे । डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । 

उनले २०६८ सालमा उप-निर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । 

कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वसँगै बैंकको

प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए । सरकारले उनलाई मंगलबार डेपुटी गभर्नरमा नियुक्त गरेको थियो।

Advertisment

थप समाचार