Below Menu
Below Menu

एनआईबीएल इक्विटी पार्टनर्सद्वारा गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी

एनआईबीएल इक्विटी पार्टनर्सद्वारा गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी

काठमाडौं : एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड लगानी लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबन)मा विशेष लगानी कोष (एसआइएफ) को रूपमा दर्ता भएको र एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबीएल इक्विटी पार्टनर्सले गुर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रुपैयाँको इक्विटी लगानी गरेको हो ।

गुर्खाज हिमालयन हाइड्रो लिमिटेड कोशी प्रदेशको सोलुखुम्बु जिल्लास्थित सोलुदुधकुण्ड नगरपालिकामा निर्माणाधीन ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी हो । 

आयोजनाबाट वार्षिक करिब ३५.४३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ, जसमध्ये करिब ३३ प्रतिशत उत्पादन सुक्खायाममा हुनेछ । आयोजनाले ५.८७५ मेगावाटको सम्पूर्ण विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता पीपीए गरिसकेको छ । उत्पादित विद्युतलाई ३३ केभी प्रसारण लाइनमार्फत तिङ्गला सबस्टेशनमा जोडिने छ ।
 
एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, “यो लगानी हाम्रो पोर्टफोलियोमा एउटा महत्त्वपूर्ण उपलब्धि हो। यसले साना आकारका जलविद्युत र स्वच्छ ऊर्जाका क्षेत्रमा लगानी गर्ने हाम्रो रणनीतिक लक्ष्यलाई फेरि एकपटक प्रस्ट पारेको छ। यस्ता आयोजनाले स्थानीय ऊर्जा सुरक्षा र आर्थिक विकासमा ठूलो टेवा पुरÞ्याउने हाम्रो दृढ विश्वास छ।”

“माथिल्लो जुनबेसी खोला आयोजनाको यो निकै महत्त्वपूर्ण चरणमा एनआईबिएल इक्विटी पार्टनर्ससँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ। यो साझेदारीले आयोजनाको निर्माण कार्यलाई अझै गति दिनेछ र यसलाई समयमै सम्पन्न गर्न मद्दत पुर्याउनेछ।” गोर्खाज हिमालयन हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले भने, “हाम्रो यो सहकार्यले दुर्गम क्षेत्रमा भरपर्दो विद्युत आपूर्ति बढाउनुका साथै दिगो र स्वच्छ ऊर्जातर्फको नेपालको दीर्घकालीन सोचलाई साकार पार्न सहयोग पुग्ने विश्वास लिएका छौँ।”

आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । यस आयोजनाबाट सन् २०२७ अगस्टदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । गोर्खाज हिमालयन हाइड्रो लिमिटेड सोलुखुम्बुमा निर्माणाधीन ’माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजना’ को विकासकर्ता कम्पनी हो । यस कम्पनीको नेतृत्व जलविद्युत क्षेत्रका अनुभवी प्राविधिक विज्ञहरूले गरिरहेका छन्, जोसँग जलविद्युत आयोजनाको निर्माण र परामर्श सेवामा लामो अनुभव रहेको छ ।

एनआईबीएल इक्विटी पार्टनर्स, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआईएमबी एस क्यापिटलको प्राइभेट इक्विटी पहल हो । एनआईएमबी एस क्यापिटल देशकै ठूलो र सक्रिय बैंकिङ एवं पूँजी बजार संस्थाहरूमध्ये एक मानिन्छ ।

यस कोषको लगानी गर्ने शैलीमा दुई प्रतिष्ठित संस्थाहरूको अनुभव र नवीन सोचको फ्युजन (मिश्रण) देखिन्छ। एनआईबीएल इक्विटी पार्टनर्सले नेपालका उच्च सम्भावना बोकेका र द्रुत गतिमा विस्तार भइरहेका कम्पनीहरूलाई पुँजी उपलब्ध गराउँदै आएको छ। यसले कम्पनीहरूलाई व्यावसायिक कुशलता, दिगो मूल्य अभिवृद्धि र एक–अर्कामा सहयोगी हुने व्यावसायिक वातावरण (इकोसिस्टम) निर्माण गर्न समेत मार्गदर्शन गर्दछ । 

Advertisment

थप समाचार