निर्यात व्यवसायी महासंघको कार्यकारी निर्देशकमा तिमल्सिना

निर्यात व्यवसायी महासंघको कार्यकारी निर्देशकमा तिमल्सिना

काठमाडौं : निर्यात व्यवसायी महासंघ नेपालको कार्यकारी निर्देशकमा रामसुदन तिमल्सिना नियुक्त भएका छन्। महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले तिमल्सिनालाई नियुक्तिपत्र प्रदान गर्दै पदभार ग्रहण गराएका हुन्।

Sponsored Advertisement

महासंघको छैटौं कार्यसमिति बैठकको निर्णयअनुसार तिमल्सिनालाई उक्त पदमा नियुक्त गरिएको हो।

देशको अर्थतन्त्र सुदृढ बनाउन निर्यात क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै अध्यक्ष घिमिरेले यसको प्रभावकारी प्रवर्द्धनमा तिमल्सिनाले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै उनले नवनियुक्त कार्यकारी निर्देशकलाई सफल कार्यकालको शुभकामना पनि दिए।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष देवानन्द सरावगी, वस्तुगततर्फका उपाध्यक्ष किरण कुमार डंगोल तथा महासचिव शिप्रसाद भट्टले पनि तिमल्सिनालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

नवनियुक्त कार्यकारी निर्देशक तिमल्सिनाले महासंघको भिजन, मिसन र रणनीतिअनुसार अघि बढ्दै संस्थाको लक्ष्य प्राप्तिमा सक्रिय रहने प्रतिबद्धता जनाए।

थप समाचार