काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ४.५६ अंकले बढेर २६२५.८२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ८८ करोड ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ७१ करोड ७० लाख बराबरको कारोबार भएको थियो ।
आज घलेम्दी हाइड्रोको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा चिरख्वा हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.८२ प्रतिशतले बढेको हो । आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ४.९८ प्रतिशतले घटेको छ ।