Below Menu
Below Menu

निर्जीवन बीमा कम्पनीहरुको व्यापार ३६ अर्बमाथि, शिखर इन्स्योरेन्सको सर्वाधिक 

निर्जीवन बीमा कम्पनीहरुको व्यापार ३६ अर्बमाथि, शिखर इन्स्योरेन्सको सर्वाधिक 

काठमाडौं : चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब रुपैयाँ माथिको बीमा व्यवसाय गरेका छन् । प्राधिकरणका अनुसार चैत मसान्तसम्म कम्पनीहरुले २१ लाख ६९ हजार ८२७ बीमालेख बिक्री गरी ३६ अर्ब २८ करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

कम्पनीहरुले चैतमा मात्रै तीन लाख ७ हजार ७१३ बीमालेख बिक्री गरी चार अर्ब ५७ करोड ८८ लाख छ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
 
चैत मसान्तसम्म सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योेन्स रहेको छ । कम्पनीले दुई लाख ३८ हजार ६६७ बीमालेख जारी गरी चार अर्ब ८० करोड १२ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले तीन अर्ब ८३ करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन अर्ब ७४ करोड ३० लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । 

चैत मसान्तसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले तीन अर्ब १२ करोड ९ लाख २८ हजार रुपैयाँ बराबरको बीमाशृल्क आर्जन गर्दा आईजीआई प्रुडेन्सियलले तीन अर्ब १० करोड ३३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस एनएलजी इन्स्योरेन्सले तीन अर्ब एक करोड ५ लाख ८७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेको इन्स्योरेन्सले दुई अर्ब ७२ करोड ९१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ४६ हजार ९२३ बीमालेख बिक्री गरी एक अर्ब ६६ करोड ८६ लाख रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले दुई अर्ब ४२ करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, चैत मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले एक अर्ब १४ करोड ९७ लाख, नेशनल इन्स्योरेन्सले ९८ करोड १२ लाख ९३ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले एक अर्ब ३६ करोड ८१ लाख र सानिमा जिआइसीले दुई अर्ब ८ करोड १९ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले दुई अर्ब २६ करोड ३८९ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । 

लघुबीमाको व्यापार साढे ९८ करोडमाथि

चालु आवको यस अवधिमा निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले साढे ९८ करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले तीन लाख ५ हजार ९३१ बीमालेख जारी गरी ९८ करोड ६९ लाख २७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले २४ करोड ८९ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २७ करोड ८२ लाख, स्टार माइक्रो इन्स्योरेन्सले २३ करोड र ट्रष्ट माइक्रो इन्स्योरेन्सले २२ करोड ९६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।
 

Advertisment

थप समाचार