Below Menu
Below Menu

नाफासँगै बढ्यो मुक्तिनाथ विकास बैंकको प्रतिशेयर आम्दानी 

नाफासँगै बढ्यो मुक्तिनाथ विकास बैंकको प्रतिशेयर आम्दानी 

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ९४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.०४ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा बैंकले ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चैतमसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेसँगै बैंकको इम्पेरिमेन्ट चार्ज घटेका कारण पनि नाफामा वृद्धि देखिएको हो । गत वर्ष एक अर्ब २३ करोड ३८ लाख रुपैयाँ रहेको बैंकको इम्पेरिमेन्ट चार्ज घटेर ९२ करोड ५७ लाख रुपैयाँमा झरेको छ । 

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.८७ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.९७ प्रतिशतले घटेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी ४.६७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३१.०४ प्रतिशत बढेको छ।

गत आवको सोही अवधिमा ४.४१ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.८८ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४३ करोड ८९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य आम्दानी अर्थात लाभांश क्षमता ७.३२ प्रतिशत रहेको । 

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ । बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँले बढेर १५.७१ रुपैयाँ पुगेको हो । त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात २४.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५.०८ रुपैयाँ रहेको छ।

यस अवधिसम्ममा बैंकले एक खर्ब १८ अर्ब ११ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९८ अर्ब ९७ करोड ९१ लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । चैत मसान्तसम्म आठ अर्ब तीन लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा चार अर्ब ४० करोड ७६ लाख रुपैयाँ सञ्चित रहेको छ।

Advertisment

थप समाचार