Below Menu
Below Menu

बैंकिङ प्रणालीमा एकैदिन थपियो १७ अर्ब निक्षेप, कर्जा लगानी कति ? 

बैंकिङ प्रणालीमा एकैदिन थपियो १७ अर्ब निक्षेप, कर्जा लगानी कति ? 

काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप १७ अर्ब रुपैयाँले बढेको छ।

तथ्यांकअनुसार सो दिन कुल निक्षेप बढेर ७८ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म यस्तो निक्षेप ७८ खर्ब ८१ अर्ब रुपैयाँ रहेको थियो।

सो दिन वाणिज्य बैंकहरूमा मात्र १८ अर्ब रुपैयाँले निक्षेप बढेको छ। अघिल्लो दिन ७१ खर्ब दुई अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको निक्षेप बढेर ७१ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। अन्य वित्तीय संस्थाहरूमा भने कुल निक्षेप ७ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेपसँगै कर्जा लगानीमा पनि सामान्य वृद्धि देखिएको छ। सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट चार अर्ब रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

हाल बैंक तथा वित्तीय संस्थाहरूले कुल ५८ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमध्ये वाणिज्य बैंकहरूको कर्जा लगानी ५२ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय संस्थाहरूको कर्जा लगानी ६ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ।

यस्तै, निक्षेपको उतारचढावका बीच अन्तरबैंक कारोबार भने स्थिर देखिएको छ। हाल अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत कायम रहेको छ।

यसैबीच, कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) भने घट्दो क्रममा देखिएको छ। राष्ट्र बैंकका अनुसार हाल यस्तो अनुपात ७३.६१ प्रतिशत पुगेको छ।

Advertisment

थप समाचार