Below Menu
Below Menu

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा २५ करोडमाथि, १६ प्रतिशतले बढ्याे बीमा कोषकाे आकार 

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा २५ करोडमाथि, १६ प्रतिशतले बढ्याे बीमा कोषकाे आकार 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ४४.६६ प्रतिशतले कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी र कुल आम्दानी घटेका कारण नाफा प्रभावित भएको हो ।

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १२.६७ प्रतिशतले घटेर तीन अर्ब ७४ करोड ३४ लाख रुपैयाँमा झरेको पुगेको छ । गत वर्ष यस्तो आम्दानी ४ अर्ब २८ करोड ६४ लाख रुपैयाँ रहेको थियो । 

समिक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी पनि १८ करोड ४८ लाख रुपैयाँबाट घटेर १७ करोड ५९ लाख ४७ हजार रुपैयाँमा झरेको छ । यद्यपी कुल खर्च भने १७ अर्ब १४ करोड ३९ लाख रुपैयाँबाट घटेर १६ अर्ब ९० करोड २३ लाख रुपैयाँमा झरेको छ।

यस अवधिमा आइपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जन ६.१८ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले १२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा ८६ अर्ब ९ करोड ८२ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७१ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा यस्तो कोषमा ७३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ रहेको थियो। 

चैत मसान्तसम्म अर्ब १४ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ६६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९९ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको अभिकर्ता कमिशनको खर्च पनि बढेको छ । चैत मसान्तसम्म इन्स्योरेन्सले अभिकर्ता कमिशनमा एक अर्ब चार करोड ३० लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड ६४ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको नाफासँगै वार्षिक प्रतिशेयर आम्दानी पनि घटेको छ । गत वर्षको चैतसम्म ६.८९ रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी घटेर ३.८१ रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ९४.७१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १००.४५ रुपैयाँ रहेको छ।
 

Advertisment

थप समाचार