काठमाडौं : सरकारले विद्युत उत्पादन प्रसारण वितरण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने भएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उर्जा आाधारित उद्योगको प्रवद्र्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गरिने सरकारको नीति रहेको उनले बताए ।
सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएको छ । यसरी उत्पादन गरिने जलविद्युत्को क्षेत्रमा परेका स्थानीयलाई मुआब्जाको सट्टामा शेयर दिइने भएको छ ।
Advertisment