Below Menu
Below Menu

नियम मिचेर कर्जा वर्गीकरण र प्रिमियम छुट दिएपछि राष्ट्र बैंकद्वारा हिमालयन बैंकलाई कारबाही

नियम मिचेर कर्जा वर्गीकरण र प्रिमियम छुट दिएपछि राष्ट्र बैंकद्वारा हिमालयन बैंकलाई कारबाही

काठमााडौं : नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडलाई नियामकीय कारबाही गरेको छ। जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकले कर्जा व्यवस्थापन तथा वर्गीकरणसम्बन्धी विभिन्न नियामकीय प्रावधान उल्लंघन गरेको भेटिएपछि कारबाही गरिएको राष्ट्र बैंकले जनाएको हो।

राष्ट्र बैंकका अनुसार हिमालयन बैंकले केही सीमित ऋणीलाई तोकिएको प्रिमियमदरमा ब्याक डेटबाट लागू हुने गरी छुट दिएको र उक्त छुट रकम बक्यौता ब्याज तथा साँवा भुक्तानीमा प्रयोग गरेको पाइएको छ।

साथै, तोकिएको समयसीमापछि बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम मात्र असुल गरेर कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गरिएको भेटिएको छ।

निरीक्षणका क्रममा पुनर्तालिकीकरण तथा पुनर्संरचना गरिएका कर्जामध्ये भाका नाघेको किस्ताको साँवा मात्र समस्याग्रस्त कर्जामा वर्गीकरण गरी बाँकी रकमलाई असल कर्जाको रूपमा देखाइएको, जसका कारण पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरिएको राष्ट्र बैंकले जनाएको छ। 

केही कर्जालाई भाका नाघेको अवधिको आधारमा वर्गीकरण नगरिएको, ऋणीहरूको भुक्तानी अवधि लामो समयसम्म अस्थायी रूपमा थपिएको तथा ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई समेत खराब कर्जामा वर्गीकरण नगरिएको पाइएको छ।

राष्«ट्र बैंकअन्तर्गत जारी एकीकृत निर्देशन २०८१ को उल्लंघन भएको निष्कर्षसहित राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) बमोजिम हिमालयन बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ। साथै दफा १००(१)(ख) अनुसार सञ्चालक समितिलाई आवश्यक सुधारात्मक कदम चाल्न कबुलियतनामा गराइएको छ।

Advertisment

थप समाचार