Below Menu
Below Menu

मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक, के-के थपिए नयाँ व्यवस्था ?

मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक, के-के थपिए नयाँ व्यवस्था ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ। 

शुक्रबार सार्वजनिक भएको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले व्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिने जनाएको छ। 

अन्य नीतिगत व्यवस्थाहरूलाई भने यथावत नै राखिएको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति यस बैंकको लक्ष्यअनुरूप नै रहने प्रक्षेपणको आधारमा न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगत गरी चालु आर्थिक वर्षको सुरुदेखि नै लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ ।

तेस्रो समीक्षा व्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत् कायम गरिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति र सोको समीक्षाहरूमा गरिएका व्यवस्थाहरूबाट मूल्य, वाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा रहेको उल्लेख छ। 

 

Advertisment

थप समाचार