काठमाडौं : नेपाल राष्ट्र बैंकले पोखरास्थित ‘सेन्ट्रल एक्स्चेञ्ज काउण्टर प्रालि’को मनिचेञ्जर इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ ।
राष्ट्र बैंकका अनुसार परिवत्र्य विदेशी मुद्राको खरिद कारोबार गर्न अनुमति प्राप्त उक्त कम्पनीले कारोबार बन्द गरी स्वेच्छिक रूपमा इजाजतपत्र खारेज गरिदिन निवेदन दिएको थियो ।
सोही निवेदनका आधारमा मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम निर्णय गर्दै इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार लाइसेन्स खारेज भएसँगै उक्त कम्पनीको विदेशी मुद्रा सम्बन्धी कारोबार आधिकारिक रूपमा बन्द भएको छ ।
Advertisment