काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडको निर्वाचन उपसमितिले बैंकको आधिकारिक लोगो अनधिकृत रूपमा प्रयोग नगर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ।
उपसमितिद्वारा जारी सूचनामा आगामी जेठ ९ गते सम्पन्न हुने सञ्चालक समितिको निर्वाचनमा उम्मेदवार रहेका केही व्यक्तिहरूले बैंकको आधिकारिक छाप (लोगो) अनधिकृत रूपमा प्रयोग गरेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ।
बैंकको अनुमति बिना आधिकारिक लोगो प्रयोग गरी निर्वाचन प्रचार–प्रसार वा अन्य कुनै गतिविधि सञ्चालन गर्नु प्रचलित कानून तथा निर्वाचन आचारसंहिताविपरीत हुने निर्वाचन उपसमितिले स्पष्ट पारेको छ।
निर्वाचनको निष्पक्षता र कानुनी मर्यादालाई ध्यानमा राख्दै आचारसंहिताविपरीतका गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सम्पूर्ण उम्मेदवारहरूलाई अनुरोध समेत गरेको छ।
Advertisment