Below Menu
Below Menu

प्राधिकरणद्वारा दाबी भुक्तानी मार्गदर्शन संशोधनको तयारी, बीमित र सर्वसाधारणसँग मागियाे सुझाव

प्राधिकरणद्वारा दाबी भुक्तानी मार्गदर्शन संशोधनको तयारी, बीमित र सर्वसाधारणसँग मागियाे सुझाव

काठमाडौं : नेपाल बीमा प्राधिकरण ले ‘बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१’ संशोधन गर्ने तयारी अघि बढाएको छ।

प्राधिकरणले हाल कार्यान्वयनमा रहेको मार्गदर्शनलाई समयानुकूल, व्यवहारिक र प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै संशोधन प्रक्रिया सुरु गरेको जनाएको छ।

यसअघि मुख्य रूपमा बीमक तथा पुनर्बीमकबाट मात्रै सुझाव लिने अभ्यास भए पनि यसपटक भने बीमित, बीमा सर्भेयर, बीमा अभिकर्ता तथा सर्वसाधारणबाट समेत राय सुझाव संकलन गरिने भएको छ।

प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै बीमक, पुनर्बीमक, बीमा सर्भेयर, बीमा अभिकर्ताका साथै बीमित तथा आम सर्वसाधारणलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्ना स्पष्ट राय तथा सुझावहरू पठाउन आह्वान गरेको छ।

पछिल्लो समय दाबी भुक्तानी नपाएको भन्दै प्राधिकरणमा उजुरीको चाप बढेपछि नियामकले निर्देशिका नै परिमार्जन गरेर कडाइ गर्न लागेको हो।


 

Advertisment

थप समाचार