Below Menu
Below Menu

भारतीय बजारमा हुन्डाई कार महँगियो, नेपालमा कस्तो असर पर्ला ? 

भारतीय बजारमा हुन्डाई कार महँगियो, नेपालमा कस्तो असर पर्ला ? 

काठमाडौं : भारतको दोस्रो ठूलो कार निर्माता कम्पनी हुन्डाई मोटर इन्डियाले आफ्ना सवारीसाधनको मूल्य फेरि बढाउने घोषणा गरेको छ। कम्पनीले जुन १, २०२६ देखि लागू हुने गरी विभिन्न मोडेलका कारहरूको मूल्य अधिकतम १२ हजार ८०० भारतीय रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेको हो। 

नयाँ मूल्य प्रत्येक मोडेल र भेरियन्टअनुसार फरक–फरक हुने कम्पनीले जनाएको छ। कम्पनीले यसअघि नै अप्रिल ८ मा मूल्य समायोजन गर्ने जनाएको थियो । तर, पछिल्ला महिनाहरूमा उत्पादन लागत लगातार बढ्दै गएपछि अन्ततः जुनदेखि नयाँ मूल्य लागू गर्ने निर्णय गरिएको बताइएको छ। 

कम्पनीका अनुसार बजारको वर्तमान अवस्था, उत्पादन खर्च र ग्राहकको हितबीच सन्तुलन कायम गर्न मूल्य समायोजन गर्द लागिएको हो । बढ्दो इनपुट लागत, कच्चा पदार्थको महँगी र सञ्चालन खर्चमा भएको वृद्धि कारण कारको मूल्य बढाउनु परेको कम्पनीले जनाएको छ । 

अटोमोबाइल उद्योगमा प्रयोग हुने स्टील, एलुमिनियम, प्लास्टिक, इलेक्ट्रोनिक पार्ट्सजस्ता सामग्रीको मूल्य पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ। त्यसको प्रत्यक्ष असर कार उत्पादन लागतमा परेको कम्पनीको भनाइ छ।

यसबाहेक कारखाना सञ्चालन, बिजुली, यातायात, मर्मतसम्भार, श्रम व्यवस्थापन तथा प्रशासनिक खर्चसमेत बढ्दै जाँदा कम्पनीमाथि आर्थिक दबाब थपिएको बताइएको छ। कम्पनीले लागत नियन्त्रणका लागि विभिन्न आन्तरिक सुधार प्रयास गरिए पनि हालको अवस्थामा केही भार उपभोक्तामाथि सार्नु अपरिहार्य बनेको जनाएको छ।

हुन्डाईले ग्राहकलाई सकेसम्म कम असर पार्ने गरी सीमित मूल्य वृद्धि गरिएको दाबी गरेको छ। कम्पनीका अनुसार उत्पादन गुणस्तर कायम राख्दै बजार प्रतिस्पर्धामा टिकिरहन मूल्य समायोजन आवश्यक भएको हो।

Advertisment

थप समाचार