काठमाडौं : आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बजेट भाषणमार्फत सेयर तथा अन्य पुँजीगत सम्पत्तिको कारोबारबाट उठ्ने पुँजीगत लाभकर अब अन्तिम करका रूपमा गणना हुने व्यवस्था गरिएको जानकारी दिए।
उनका अनुसार लगानीमैत्री वातावरण निर्माण, पुँजी बजारको विस्तार तथा कर प्रणालीलाई थप सहज र व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको हो।
Advertisment