Below Menu
Below Menu

राधेश्याम श्रेष्ठले सम्हाले सिवाईसी नेपाल लघुवित्तको नेतृत्व

राधेश्याम श्रेष्ठले सम्हाले सिवाईसी नेपाल लघुवित्तको नेतृत्व

काठमाडौं : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राधेश्याम श्रेष्ठ नियुक्त भएका छन्।

संस्थाको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार उनलाई जेठ १५ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवारी दिइएको हो। उनले सोमबार (जेठ १९ गते) देखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

यसअघि संस्थाका सीईओ डोलिन्द्र प्रसाद शर्माले गत चैत ४ गते पदबाट राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेको नेतृत्वमा श्रेष्ठ नियुक्त भएका हुन्।

श्रेष्ठ यसअघि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा सहायक कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। सहकारी तथा वित्तीय क्षेत्रको लामो अनुभव बोकेका श्रेष्ठको नेतृत्वमा संस्थाले आफ्नो सेवा विस्तार र संस्थागत सुदृढीकरणलाई थप प्रभावकारी बनाउने अपेक्षा लघुवित्तले गरेको छ।

Advertisment

थप समाचार