Below Menu
Below Menu

इप्पान भेलाको निष्कर्ष: विधान परिमार्जन नगरि चुनावमा नजान दबाब, सर्वसम्मतिको बाटो रोज्न सुझाव

इप्पान भेलाको निष्कर्ष: विधान परिमार्जन नगरि चुनावमा नजान दबाब, सर्वसम्मतिको बाटो रोज्न सुझाव

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक छलफल तथा अन्र्तकृया कार्यक्रम आज जेष्ठ २० गते ४ बजे बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा सम्पन्न भएको छ । 

भेलामा प्रस्तुतीकरण गर्दै ईप्पानका उपमहासचि प्रकाश दुलालले अहिले करिब ४३ सय मे.वा. जडित क्षमतामा ३६६२ मे.वा. अर्थात् ८५ प्रतिशत निजी क्षेत्रबाट विद्युत उत्पादन भईरहेको, करिब ५८०० मे.वा. आयोजना निजी क्षेत्रले निर्माण गरिरहेको र करिब २१०० मे.वा. पिपिए गरेर निर्माणको तयारीमा रहेको जानकारी गारउँदै १० वर्षमा ३०००० मे.वा. बनाउन आयोजनाको अध्धयन सम्पन्न गरेर पिपिएका लागि आवेदन गरेका करिब १६००० मे.वा. आयोजनाको तत्काल पिपिए खुलाउन आवस्यक रहेको बताए ।

दुलालले अहिले जलविद्युत तर्फ ३,७९७ क्षमताका १९० वटा आयोजना सञ्चालन, उत्पादन अनुमतीपत्र जारी १२१०३ मे.वा का २६२ वटा, उत्पादन अनुमतीपत्र आवेदन ९,०८८ मे.वा. का ५३ वटा, सर्भेक्षण अनुमतीपत्र जारी ११,००० मे.वा. का २४२ वटा र सर्भेक्षण अनुमतीपत्र आवेदन ७,७०६ मे.वा २३५ वटा गरि जम्मा ४३,६९४ मे.वा. ९८२ वटा आयोजना अगाडि बढाई रहेको जानकारी दिए । 

उनका अनुसार सौर्य आयोजनातर्फ १५४ मे.वा.का २७ आयोजना संचालन, उत्पादन अनुमतीपत्र जारी ५४ मे.वा का ९ वटा, उत्पादन अनुमतीपत्र आवेदन ७२ मे.वा. का ५ वटा, सर्भेक्षण अनुमतीपत्र जारी २००० मे.वा. का ८८ वटा र सर्भेक्षण अनुमतीपत्र आवेदन २०० मे.वा १७ वटा गरि जम्मा २४८० मे.वा. १४६ वटा आयोजना अगाडि बढाई रहेको भएपनि २१ औं बार्षिक साधारणसभामा ४५१ आयोजना ईप्प्पानमा सदस्य रहेको २४ औं बार्षिक साधारणसभामा करिब ७०० आयोजना ईप्प्पानमा सदस्य हुने अनुमान रहेको भन्दै ११३६ आयोजना मध्ये करिब ७०० मात्रै आवद्धता हुनु आफैमा ईप्पान तर्फ सदस्को आकर्षण कम रहेको बताउँदै सबैलाई ईप्पानमा आवद्धहुने वातावरण बनाउनु पर्ने बताए । 

उनले संस्थाको २१ औं बार्षिक साधारणसभबाट नेतृत्व चयनसँग बनेको विधान संसोधन तथा पुर्नलेखन समितिले २३ औं बार्षिक साधारणसभामा पेश गररे पारित भएको विधान संसोधनको प्रस्तव अनुसार लोकतान्त्री विधिबाट नेतृत्व चयन गर्न स्वतह अध्यक्षहुन नहुने, एक कार्यकाल ईप्पानमा काम गरेको व्यक्ती अध्यक्ष उठ्न पाउनुपर्ने र पदाधिकारीहुन ईप्पानका कार्यगरेको नभई खुला गरि समय सापेक्ष परिवर्तनशिल नेर्तत्व चयन हुनुपर्ने आवस्यकता औल्याए । 

उनले अवको ईप्पान एकता बद्ध, प्रभावकारी, पारदर्शी र संस्थागत सुशासन सँगै निर्णय कार्यान्वयन गर्ने जिम्मेवार हुनुपर्ने कुरामा जोड दिँदै करबि १०१ धितोपत्र बजारमा सुचिकृत भएको र करिब ५० कम्पनी आईपीओ निश्कास्कान प्रकृयमा रहेको वताउँदै सुचिकृत कम्पनीका अध्यक्ष तथा प्रवन्ध संचालक प्रतिनिधि रहेको ईप्पानमा सबैले जिम्मेवार र जावफदेही हुनुपर्ने कुरमा जोड दिए । 

उनका अनुसार अबको ईप्पान लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व चयनसँगै सबैलाई अटाउने र सबैको सम्मान गर्ने, उर्जाक्षेत्रको समग्र प्रतिनित्व गर्न सक्षम रहने, सरकारलाई समाधान सहितको सुझाव दिन सक्नसक्ने हुनुपर्ने बताए । 

कार्यक्रममा ईप्पानका संस्थापक एवं पुर्व अध्यक्ष डा. सन्दीप शाहले २०५७ सालमा ४ वटा कम्पनीबाट सुरु भएको इप्पानको यात्रा आज ७०० कम्पनीको भरोसाको केन्द्र बन्दैगर्दा आफुलाई खुसिलागेको बताउँदै नेपालको जलविद्युत विकासमा अग्रणी भूमिका खेल्दै आएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले यतिबेला आफ्नो संस्थागत सुदृढीकरण र ऊर्जा विकासका रणनीतिक एजेन्डाहरूमा केन्द्रित भएर सरकारलाई दवाव दिनसक्ने हुन एकताबद्ध भएर विधानमा रहेको वविादलाई समाधानगर्दै लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व चयन गर्न अवस्य रहेको बताए । 

कार्यक्रमा बरिष्ठ उर्जा उद्ययमी गुरुप्रसाद न्यौपानेले संस्थाको साधारणभाले विधान पारित गरेर हाललाई निर्वाचन स्थगीत गरेर सोको केहिदिनपछि सबैलाई समेट्नेगरि निर्वाचन गरेर एकतावद्ध हुन सबैलाई आह्वान गर्दै उनले भने अहिले ईप्पानमा कामगर्ने भन्दा गफगर्ने बढीछन् अब कामगर्नेहरु नेतृत्वमा आउने वातवरण बनाउन जरुरी छ । 

कार्यक्रममा उर्जाउद्यमी ईं. विनोद देबकोटाले अघिल्लो निर्वाचनमा आफुले महासचिब पदमा उमेद्धारी दिएर विधानको कारणले खारेजी भएको र सोहि समयमा ईप्पानका सल्लाहकार ई. भानुभक्त पोखरेलेको संयोजकत्वमा विधान संसोधन तथा पुर्नलेखन समिति बनेर उसले सबैको राय सुझाव सहित २३ औं वार्षिक साधारणसभामा पेश गरेर सभाले पारित गरेको विधान कार्यान्वयन गरेर संस्थालाई एकताबद्ध बनाउन नेतृत्व समक्ष आग्रह गरे ।  

कार्यक्रमा नेपाल ईन्जिनियरिङ्ग एसोसिएसनका अध्यक्ष तथा उर्जा उद्यमी ई. सुवास बराले  भने, ‘आज इप्पानका एजेन्डा जलविद्युतमा लगानी गर्नेहरूको मात्र रहेन, यो देश र जनताको आवाज बनेको छ, ईन्जिनियरिङ्ग जनशक्त उपयोगको मुख्य क्षेत्र रहेको बताउँदै बदलिँदो परिस्थिती अनुसार सदस्यहरुले उठाएका कुराहरू समेटेर सबैलाई मान्यहुने गरि विधान संसोधन गरेर निर्वाचन गर्न सुझाव दिए । 

कार्यक्रममा उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका दाबेदार उत्तम भ्लोनले संस्थाभित्र फुट हुनुभन्दा एकता हुनुपर्नेमा जोड दिए । 

लामाले भने, ‘इप्पानको वृहत्तर हित र सहमतिका लागि यदि कार्यसमितिले बलराम खतिवडाजीलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत मान्छ भने म आफ्नो दाबी छोड्न तयार छु र सल्लाहकार बसेर सहयोग गर्नेछु ।’ संस्थाभित्र फुट हुनुभन्दा मिलेर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बताउँदै लामाले भने इप्पानलाई अब परम्परागत स्वरूपबाट रूपान्तरण गरी महासंघको ढाँचामा लैजानुपर्ने प्रस्ताव समेत गरे । 

कार्यक्रममा ईप्पानको सल्लाहकार ईं लालकृष्ण के.सी. संस्थाको ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा अझ बलियो बनाउने आवस्यक प्रतिबद्धता व्यक्त गर्दै इप्पानको ब्रान्ड लोकप्रिय भइसकेको चर्चा गर्दै अब संस्थालाई यसको साख जोगाएर अगाडि बढ्न सबैलाई समेट्न विधान परिवर्तन गरेर नेर्तत्व चयन गर्दै सदस्यहरुको एकतामा जोड दिए । 

वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले विधानलाई समयसापेक्ष परिमार्जन गरी संस्थालाई अझ गतिशील बनाउने बताए । वि.सं २०५७ मा स्थापना भएको इप्पानको विधान यसअघि २०६७, २०७६ र २०७८ सालमा परिमार्जन भइसकेको उल्लेख गर्दै डाँगीले भने, ‘अहिलेको बदलिँदो परिस्थिति र आवश्यकता अनुसार विधानलाई अझै परिष्कृत गर्दै लैजान कार्यसमितिले गम्भीरतापूर्वक गृहकार्य गरिरहेको छ ।’

कार्यक्रमा ईप्पानका अध्यक्ष कार्कीले सरकारको १०० बुँदे कार्यक्रममा ३० हजार मेगावाट बिजुली उत्पादन, पीपीए खुला गर्ने, र वान डोर पोजस्ता महत्वपूर्ण विषय पर्नु इप्पानको ठूलो सफलता भएको बताएउँदै  विवादहरूलाई छलफलको माध्यमबाट समाधान गरी निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रमको अध्यक्षता गरेका ईप्पानका पुर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले कार्यसमितिमा देखिएका विवादहरूलाई छलफलको माध्यमबाट समाधान गरी निष्कर्षमा पुर्याउने आफुले भुमिका खेले प्रतिबद्धता व्यक्त गरे ।

उनले आगामी नेतृत्व चयनका सन्दर्भमा सबै सदस्यहरूलाई एकजुट हुन अपिल गर्दै भने विधान संशोधनलाई जालझेल र चिटिङ मुक्त बनाएर सबैले स्वागत गर्ने खालको डकुमेन्ट बनाउन सुझाव दिए ।

आचार्यले विधानलाई सबैले स्वीकार गर्ने साझा दस्ताबेजको रूपमा परिमार्जन गर्नुपर्ने बताए । आगामी साधारण सभामा लैजाने विधानमा कुनै जालझेल वा छलकपटहुन नहुने उनको भनाइ थियो ।

कार्यक्रमको संचालन गरेको ईप्पानका महासिच बलराम खतिवडाले नेतृत्वमा नैतिकता हुनुपर्ने र नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै उनले आफूहरुले नेतृत्वमा आउन नभएर बाहिर रहेका सक्षम साथिहरुलाई नेतृत्वमा ल्याउन आफुहरु सबैलाई खुला गरेर निर्वाचनमा जाने पक्षमा रहेको बताउँदै उनले भने आफु नेर्तत्वमा आए २ वर्षभन्दा बढी पदमा नबस्ने घोषणा गरेर त्यागको नयाँ संस्कार सुरुवात गर्ने घोषणा समेत गरे । 

कार्यक्रममा बौल्ने व्यक्तीहरुले लगानीकर्ताहरू संगठित नभए सरकारले बेवास्ता गर्ने चेतावनी दिएका छन् । बिमा प्रिमियम वृद्धि विरुद्धको आन्दोलनलाई उदाहरण दिँदै उनीहरुले भनेका छन् , ‘सरकार जुनसुकै आए पनि उसले हामीलाई रेड कार्पेट ओछ्याउँदैन, बरु काँडा बिछ्याउन सक्छ । यस्तो बेला हाम्रो संगठन बलियो भएन भने हामी केही गर्न सक्दैनौं ।’

उनीहरुले संस्थामा पद ओगट्नुभन्दा पनि सक्रियता ठूलो कुरा भएको बताउँदै चुनावभन्दा पनि सर्वसम्मतिलाई प्राथमिकता दिन सुझाव दिएका छन् । ‘सर्वसम्मत निर्णय गर्न समय लाग्छ भने बरु केही समय निर्वाचन पछाडि लैजानुस्, तर संस्थालाई विभाजन हुन नदिनुस्,’ उनीहरुले भनेका छन् । उनीहरुले  निर्वाचनभन्दा सर्वसम्मत निर्णयले संस्थालाई बलियो बनाउने सुझाव समेत दिएका छन् ।

इप्पानको २४ औं बाािषर््ाक साधारणसभाको अजेण्डामा रहेको विधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सोका सम्वन्धमा उर्जा उद्ययमीहरुसँग राय सुझाव लिएर आगामिन निर्वाचनको रणनिति तय गर्ने मुखय उदेशयका साथ अगाडि बनाइएको भेलामा जलविद्युत् क्षेत्रसँग सम्बन्धित कबिर ३५० निजी क्षेत्रका व्यवसायी एवं  लगानीकर्ताहरुको उपस्थिति रहेको थियो बताइएको छ ।

Advertisment

थप समाचार