Below Menu
Below Menu

विद्युत व्यापार र वितरणमा पनि निजी क्षेत्रलाई खुला गरियोस्ः पूर्वअध्यक्ष आचार्य

विद्युत व्यापार र वितरणमा पनि निजी क्षेत्रलाई खुला गरियोस्ः पूर्वअध्यक्ष आचार्य

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था नेपाल (इप्पान) पूर्वअध्यक्ष कृष्ण प्रसाद आचार्यले विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खोलिदिनु पर्ने बताएका छन् । इप्पानको २६ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै आचार्यले यस्तो बताएका हुन्।

‘सरकारले जसरी निजी क्षेत्रलाई उत्पादनमा खुला गर्यो,’ उनले भने, ‘विद्युत व्यापार र वितरणमा पनि खोलिदिनु पर्यो। उत्पादनमा जस्तै व्यापार र वितरणमा पनि निजी क्षेत्र तयार छ।’

एकद्वार प्रणाली तत्काल लागु गर्नु पनि उनले सुझाए। ऊर्जा क्षेत्रको बाधक बन भएको भन्दै त्यसमा पनि सहज गर्न आग्रह गरेका छन्।

आरसिओडी थप गर्दा कसलाई के घाटा हुन्छ ? भन्ने प्रश्न गर्दै आचार्यले सरकारकै कारण ढिला भएका आयोजनाको आरसीओडी एकमुष्ट रुपमा थप हुनुपर्ने बताए ।

Advertisment

थप समाचार