कक्षा १२ को नतिजा सार्वजनिक, उत्तीर्ण प्रतिशत ६४.१३

कक्षा १२ को नतिजा सार्वजनिक, उत्तीर्ण प्रतिशत ६४.१३

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष कुल उत्तीर्ण प्रतिशत ६४.१३ रहेको छ।

Sponsored Advertisement

बोर्डका अनुसार सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या दुई लाख ६८ हजार १९० पुगेको छ। यस वर्षको परीक्षामा कुल चार लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए।

त्यसैगरी, बोर्डले ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको जनाएको छ। नतिजासँग सम्बन्धित विस्तृत विवरण बोर्डले आफ्नो आधिकारिक माध्यमबाट सार्वजनिक गरेको छ।

थप समाचार