एभरेष्ट कलरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

एभरेष्ट कलरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं : एभरेष्ट कलर लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको छ । 

Sponsored Advertisement

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र सम्बन्धी अभिलेख व्यवस्थापन, शेयर अभौतिकीकरण (डिम्याट), दाखिला–खारेज, नामसारी, रोक्का तथा शेयरधनीहरूको लगत अद्यावधिक गर्ने लगायतका सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी कार्य अब मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत सञ्चालन हुनेछन् ।

शेयर रजिष्ट्रार नियुक्तिसँगै कम्पनीका शेयरधनीले आफ्नो शेयर सम्बन्धी सेवा अब मुक्तिनाथ क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सक्नेछन् ।

थप समाचार