साधारणसभाबाट कुमारी बैंकका सीईओ रामचन्द्र खनाल उपाध्यक्षमा निर्विरोध चयन भएका छन् । त्यस्तै, संघको कार्यकारिणी समितिमा चार जना सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं : नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी चयन भएका छन् । संघको ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई आगामी कार्यकालका लागि निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला निवर्तमान अध्यक्षका रूपमा रहनेछन् । कार्यकारिणी सदस्यमा नबिल बैंकका सीईओ मनोजकुमार ज्ञवाली, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा सीईओ रामकुमार तिवारी र प्राइम कमर्सियल बैंकका सीईओ सञ्जीव मानन्धर रहेका छन् ।
त्यसैगरी, हिमालयन बैंकका सीईओ अशोक शमशेर राणालाई संघको सल्लाहकारको जिम्मेवारी दिइएको छ ।