याम्बालिङ्ग र टक्सार पिखुवा खोला हाइड्रोपावरको करिब दुई करोड कित्ता शेयर नेप्सेमा सूचीकृत 

याम्बालिङ्ग र टक्सार पिखुवा खोला हाइड्रोपावरको करिब दुई करोड कित्ता शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा याम्बालिङ्ग र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। शुक्रबार नेप्सेले यी दुई कम्पनीको एक करोड ९० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको २८ लाख कित्ता र संस्थापकको ४२ लाख कित्ता गरी कुल ७० लाख  कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘वाईएमएचएल’ रहेको छ ।

यसैगरी अनुसार टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापकको ७७ लाख ६९ हजार ३३२ कित्ता गरी कुल एक करोड २० लाख कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘टीपीकेएचएल’ रहेको छ ।

कम्पनीहरुको शेयर सोमबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।
 

थप समाचार