राष्ट्र बैंकले आज अपराह्न ३:४० बजे आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्ने

राष्ट्र बैंकले आज अपराह्न ३:४० बजे आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै मौद्रिक नीति सार्वजनिक कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने जानकारी दिएको हो।

राष्ट्र बैंकका अनुसार मौद्रिक नीति सार्वजनिक कार्यक्रम असार २३ गते अपराह्न ३ः४० बजे सार्वजनिक हुनेछ। मौद्रिक नीति नेपाल टेलिभिजनसँगै नेपाल राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट समेत प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ । 

थप समाचार