शेयर धितो कर्जा परिमार्जन हुने, चेक बाउन्समा कालोसूचीको व्यवस्था खुकुलो बनाइने

शेयर धितो कर्जा परिमार्जन हुने, चेक बाउन्समा कालोसूचीको व्यवस्था खुकुलो बनाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सीमा निर्धारण गर्ने भएको छ । मंगलबार राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाको सबलताका आधारमा निर्धारण गरिने जानकारी दिएका हुन्।

त्यसैगरी, राष्ट्र बैंकले चेक अनादर (बाउन्स) का कारण कालोसूचीमा परेर बैंकिङ सेवाबाट वञ्चित हुने अवस्था न्यूनीकरण गर्न पनि आवश्यक नीतिगत व्यवस्था गरिने जनाएको छ।

मौद्रिक नीतिमा भनिएको छ, ‘कर्जाको सुरक्षण स्वरुप व्यक्तिगत जमानीबाट असिमित दायित्व सिर्जना हुने अवस्था हटाउन, चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्न, रुग्ण उद्योगमा रहेका निष्कृय कर्जाको व्यवस्थापन गर्न, दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्न, संस्थाको सबलताका आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने एवम् सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजिकरण हुने गरी विशेष नीतिगत व्यवस्था गरिनेछ।’ 


 

थप समाचार