नेपाल टेलिकमले ल्यायो ‘नमस्ते रिकरिङ २९९’ प्याकेज, मासिक रूपमा स्वतः नवीकरण हुने सुविधा

नेपाल टेलिकमले ल्यायो ‘नमस्ते रिकरिङ २९९’ प्याकेज, मासिक रूपमा स्वतः नवीकरण हुने सुविधा

काठमाडौं : नेपाल टेलिकमले आफ्ना प्रिपेड मोबाइल सेवाग्राहीका लागि नयाँ ‘नमस्ते रिकरिङ २९९’ सार्वजनिक गरेको छ। मासिक रूपमा स्वतः नवीकरण हुने यो प्याकेजमा भ्वाइस, डाटा र एसएमएस सेवा रहेका छन् । 

टेलिकममा अनुरा रु २९९ मा उपलब्ध हुने यस प्याकेजको अवधि ३० दिन रहनेछ। प्याकेजमा ग्राहकले टेलिकमको नेटवर्कभित्र प्रयोग गर्न मिल्ने ३०० मिनेट भ्वाइस कल, ४ जीबी कुनै पनि समयमा प्रयोग गर्न मिल्ने ४जी डाटा, साथै राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने थप २ जीबी नाइट डाटा प्राप्त गर्नेछन्। यसका अतिरिक्त, नेपाल टेलिकमकै नम्बरमा पठाउन मिल्ने २० वटा एसएमएस पनि उपलब्ध हुने टेलिकमले जनाएको छ।

यो प्याकेज सब्स्क्रिप्सन-आधारित भएकाले एकपटक सक्रिय गरेपछि आवश्यक मौज्दात (ब्यालेन्स) उपलब्ध रहेमा हरेक महिना स्वतः नवीकरण हुने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ। जसअनुसार हरेक महिना छुट्टै प्याकेज खरिद गर्नुपर्ने झन्झट हट्ने भएको छ । 

ग्राहकहरूले *१४१५*२*३# डायल गरेर यो प्याकेज सक्रिय गर्न सक्नेछन्। प्याकेजसम्बन्धी थप जानकारीका लागि १४९८ मा सम्पर्क गर्न वा एनटी एप प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ।

 

थप समाचार