एनएमबी बैंकको २४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा

एनएमबी बैंकको २४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : एनएमबी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको २४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र कम्पनी सचिवको कार्यालय बबरमहलमा आवेदन पेश गर्न सक्नेछन् ।

साथै तोकिएको समयमा शेयरधनीहरुबाट कुनै पनि आवेदन पेश हुन नआएमा सो शेयर संस्थापक भन्दा बाहिर बिक्रीको प्रक्रिया अगाडी बढाइने बैंकले जनाएको छ ।

थप समाचार