यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित 

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित 

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असार ३१ गते बुधबार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । 

सभाले साथै  सञ्चालक समितिबाट पेश गरिएका सबै सामान्य र विशेष प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको छ । 

सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हालसम्म चुक्ता भएको पूँजी २ अर्ब ३१ करोडको ४.२८५७ प्रतिशतका दरले हुन आउने ९ करोड ९० लाख  रुपौयँ बराबरको बोनस र सोको प्रयोजनका लागि ०.२२५६ प्रतिशतका दरले नगद लाभांश ५२ लाख १० हजार ५२६ दशलमव ३२ रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

सम्बन्धित निकायहरुको स्वीकृति लिई बोनस शेयर जारि गरिने र त्तपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी २ अर्ब ६४ करोड पुग्ने जनाइएको छ । 

चालु आवको जेठ मसान्तसम्म कम्पनीको शाखा तथा उपशाखा, तेस्रोपक्ष बीमा काउण्टर र प्रादेशिक कार्यालयहरुको समायोजन गरी हाल प्रधान कार्यालय तथा प्रादेशिक कार्यालय समेत १०४ वटा शाखा तथा उपशाखा र तेस्रोपक्ष बीमा काउण्टरबाट बीमा सेवा प्रदान गर्दै आएकोे 

आगामी आव २०८३/८४ मा शेयरधनीहरुलाई अपेक्षित प्रतिफल दिन र कम्पनीको लक्ष्य हासिल गर्न कम्पनी परिवार क्रियाशिल रहेको जनाइएको छ । 


 

थप समाचार