वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक, कुनको कति ?

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक, कुनको कति ?

काठमाडौं : सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको तथ्याङ्क अनुसार असारको तुलनामा साउनमा बैंकहरूको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ ।

वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर असारमा ४.२५८ प्रतिशत रहेकोमा साउनका लागि घटेर ४.१६७ प्रतिशत कायम भएको छ । त्यसैगरी, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि ३.१८ प्रतिशतबाट घटेर ३.११ प्रतिशतमा पुगेको छ ।

तथ्याङ्क अनुसार अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने केहीले घटाएका छन् । राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई, एनएमबी, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्याण्डर्ड चार्टर्ड बैंक, र कुमारी बैंकले व्यक्तिगत ब्याजदरमा घटाएका छन् । 

सबैभन्दा धेरै ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक रहेका छन् । बैंकहरुको व्यक्तिगततर्फको व्याजदर क्रमशः ०.७५ प्रतितश र ०.२५ प्रतिशत बिन्दुले घटेको हो । यता नेपाल बैंकले भने संस्थागत निक्षेपको ब्याजदर १ प्रतिशतले सामान्य वृद्धि गरेको छ ।

यता नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे, नेपाल एसबीआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक भने असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

थप समाचार