खराब कर्जा घट्दा ७३ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्स नाफा, प्रतिशेयर आम्दानी कति ? 

खराब कर्जा घट्दा ७३ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्स नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा १९ करोड सात लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.०७ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ९८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

असार मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी बढे र सञ्चालन मुनाफा सँगै खुद नाफा पनि बढ्न पुगेको हो।

गत वर्ष २१ करोड १६ लाख ८१ हजार रुपैयाँ रहेको कम्पनीको ब्याज आम्दानी ७.४७ प्रतिशतले बढेर २२ करोड ७४ लाख ९१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कम्पनीको खुद फि तथा कमिशन आम्दानी भने ६३.३८ प्रतिशतले घटेको छ । 

त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी ५.७९प्रतिशत बढेको भने सञ्चालन मुनाफा ७३.०५ प्रतिशत बढेको छ।

असार मसान्तसम्म आइपुग्दा लघुवित्तको कुल वितरणयोग्य मुनाफा ५०.७६ प्रतिशतले बढेर १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको ९ करोड ३ लाख रुपैयाँ रहेको थियो । संस्थाको प्रति शेयर वितरणयोग्य आम्दानी १०.१३ रुपैयाँ रहेको छ । 

यस अवधिमा आइपुग्दा कम्पनीको खराब कर्जा भने घटेको छ ।  गत वर्षको सोही अवधिमा ३.८४ प्रतिशत रहेको संस्थाको खराब कर्जा घटेर २.८८ प्रतिशतमा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज भने ९४ लाख ३५ हजार रुपैयाँबाट बढेर ११ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढेको छ। असार मसान्तसम्म आइपुग्दा लघुवित्तको प्रतिशेयर आम्दानी ६.०१ रुपैयाँ बढेर १४.१८ रुपैयाँ पुगेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७.२६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६०.६५ गुणा रहेको छ।

असार मसान्तसम्म एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३४ करोड ८४ लाख रुपैयाँ सञ्चित छ। 

थप समाचार