काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २३९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा चार अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २९ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एभरेष्ट कलर लिमिटेड कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९७ प्रतिशतले बढेको छ। आज आत्मनिर्भर उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.८६ प्रतिशतले घटेको छ।