पुँजी बजार सुधारमा सरकार प्रतिबद्ध, लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

पुँजी बजार सुधारमा सरकार प्रतिबद्ध, लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सोमबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), धितोपत्र ब्रोकर एसोसिएसन नेपाल तथा लगानीकर्ता प्रतिनिधिसँग भएको छलफलमा उनले पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन आवश्यक नीतिगत सहजीकरण गरिने बताएका हुन्।

छलफलमा सहभागीहरूले प्रधानमन्त्रीले पुँजी बजारमार्फत लगानी वृद्धि, रोजगारी सिर्जना र राजस्वमा योगदान बढाउने वातावरण निर्माणमा जोड दिएको जानकारी दिएका छन्।

साथै, बजारमा देखिएका विकृति हटाई निष्पक्ष र प्रतिस्पर्धी वातावरण कायम गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता पनि व्यक्त गरेको उनीहरूको भनाइ छ।

बैठकमा धितोपत्र बोर्ड, नेप्से तथा ब्रोकर र लगानीकर्ता प्रतिनिधिहरूले आईपीओ निष्कासन प्रक्रिया, दोस्रो बजार सुधार, नियमन तथा लगानीकर्ता हितसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

थप समाचार