नाफासँगै घट्यो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिशेयर आम्दानी 

नाफासँगै घट्यो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिशेयर आम्दानी 

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ९८ करोड ८३ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९८ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब २३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा पनि प्रभावित बनेको हो।

असार मसान्तसम्म आइपुग्दा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.८९ प्रतिशतले घटेर एक अर्ब ४४ करोड ६६ लाख रुपैयाँमा झरेको छ । त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी १७५.१७  प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २१.७१ प्रतिशत घटेको छ। 

बैंकको सञ्चालन मुनाफा भने १९.८० प्रतिशतले घटेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा आइपुग्दा बैंकको खराब कर्जा भने शुन्य रहेको छ ।  

असार मसान्तसम्म आइपुग्दा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा बैंकको इपीएस १.१४ रुपैयाँ घटेर ४.५७ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ ११७.२२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५३.७३ गुणा रहेको छ।

गत वर्षको चौथो त्रैमाससम्म २१ अर्ब ६० करोड  रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ७१ करोड ८७ लाख रुपैयाँ रहेको छ ।  

थप समाचार