निर्जीवन बीमा कम्पनीको व्यापार १५ प्रतिशतले बढ्यो, एक वर्षमा साढे ५० अर्ब प्रिमियम संकलन 

निर्जीवन बीमा कम्पनीको व्यापार १५ प्रतिशतले बढ्यो, एक वर्षमा साढे ५० अर्ब प्रिमियम संकलन 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ मा साढे ५० अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।प्राधिकरणका अनुसार असार मसान्तसम्म कम्पनीहरुले २९ लाख ६६ हजार १९५ बीमालेख बिक्री गरी ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

Sponsored Advertisement

उक्त रकम अघिल्लो वर्षको तुलनामा १५.११ प्रतिशत अर्थात ६ अर्ब ६४ करोड ४४ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष कम्पनीहरुले २८ लाख ६४ हजार ९४५ बीमालेख जारी गरी ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँको व्यापार गरेका थिए । 

कम्पनीहरुले असारमा मात्रै तीन लाख १५ हजार १८५ बीमालेख बिक्री गरी छ अर्ब २१ करोड ६६ लाख ६५ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

असार मसान्तसम्म सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योेन्स रहेको छ । कम्पनीले तीन लाख ३६ हजार दुई बीमालेख जारी गरी छ अर्ब ५१ करोड १२ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले पाँच अर्ब ४२ करोड २२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले पाँच अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।

असार मसान्तसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चार अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्दा आईजीआई प्रुडेन्सियलले चार अर्ब ५५ करोड ११ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस एनएलजी इन्स्योरेन्सले चार अर्ब २० करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेको इन्स्योरेन्सले तीन अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ९६ हजार ४९० बीमालेख बिक्री गरी दुई अर्ब २१ करोड ६२ लाख रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले तीन अर्ब २५ करोड २१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, असार मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ५८ करोड ३७ लाख, नेशनल इन्स्योरेन्सले एक अर्ब २९ करोड सात लाख २७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले दुई अर्ब दुई करोड २८ लाख र सानिमा जिआइसीले तीन अर्ब आठ करोड २० लाख र युनाइटेड अजोड इन्स्योरेन्सले तीन अर्ब ११ करोड ६२ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

लघुबीमाको व्यापार सवा एकअर्बमाथि

गत वर्ष निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले सवा एक अर्बमाथिको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले ५ लाख ९७२ बीमालेख जारी गरी एक अर्ब ३१ करोड ९३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले ३२ करोड ५२ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३७ करोड ५२ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ३१ करोड ८१ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ३० करोड सात लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।

थप समाचार