काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा झरेको छ। कारोबारको सुरुदेखि नै देखिएको गिरावट अन्तिम समयसम्म कायम रहँदा बजार दोहोरो अंकले ओरालो लागेको हो।
आज ३४३ कम्पनीको १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँ बराबरमा खरिद(बिक्री भएको छ।कारोबारमा ५८ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको मूल्य घटेको छ भने सबै उपसमूहका सूचक राताम्मे भएका छन्।
आज एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा खानीखोला हाइड्रोपावर कम्पनी पहिलो, सिद्धार्थ बैंक दोस्रो तथा नेशनल हाइड्रोपावर कम्पनी तेस्रो स्थानमा रहेका छन्।