लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने  

लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने  

काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले साउन १४ गतेदेखि निष्कासन गरेको तीन अर्ब रुपैयाँबराबरको ऋणपत्रमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्कासन गरेको हो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।

निष्कासन गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइनेछ ।

सार्वजनिक निष्कासनतर्फ छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । इच्छुक लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ । 

थप समाचार