एनएमबि बैंकको नाफा चार अर्बमाथि, वितरणयोग्य मुनाफा कति ? 

एनएमबि बैंकको नाफा चार अर्बमाथि, वितरणयोग्य मुनाफा कति ? 

काठमाडौं : एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले चार अर्ब एक करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा अघिल्लो वर्षकोको तुलनामा ४०.६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले दुई अर्ब ८५ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको कुल वितरणयोग्य नाफा एक अर्ब ८७ करोड २९ लाख रुपैयाँ रहेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको छ ।

यसका साथै प्रभावकारी वासलत व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड ६२ लाख रुपैयाँ पुगेको छ । डिजिटल र ट्रान्ज्याक्सन बैंकिङमा भएको वृद्धिसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड एक लाख रुपैयाँ पुगेको छ ।

यसैगरी ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण ट्रेडिङ आम्दानी ८९.० प्रतिशतले वृद्धि भई ६८ करोड १४ लाख २० हजार रुपैयाँ पुगेको छ ।

बैंकको पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा सुधार भई क्रमश ः ११.५८ प्रतिशत र १.०४ प्रतिशत रहेको छ ।
 

थप समाचार