Below Menu

मकर जितुमाया सुरी हाइड्रोपावरले बेच्यो सवा ३९ करोडको बिजुली, खुद नाफा ६७ प्रतिशतले बढ्यो  

मकर जितुमाया सुरी हाइड्रोपावरले बेच्यो सवा ३९ करोडको बिजुली, खुद नाफा ६७ प्रतिशतले बढ्यो  

काठमाडौं : मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले सात करोड ८२ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । 

उक्त नाफा गत आवको सोही अवधिको तुलानमा ६७.५७ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले चार करोड ६६ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको वित्तीय खर्च घटेका कारण नााफामा उल्लेख्य वृद्धि देखिएको हो । साथै कम्पनीको विद्युत बिक्री आम्दानीसँगै अन्य आम्दानी पनि बढेका कारण नाफा बढ्नमा राहत पुगेको हो । 

अघिल्लो वर्ष विद्युत बिक्रीमार्फत ३८ करोड ८६ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असार मसान्तसम्म आइपुग्दा ३९ करोड २० लाख ९९ हजार रुपैयाँ पुगेको छ । जुन ०.८९ प्रतिशतले बढी हो । 

यस अवधिमा कम्पनीको अन्य आम्दानी ७ करोड ६९ लाख रुपैयाँबाट बढेर ९२ करोड ५३ लाख ५० हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ०.३९ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा १८.०६ प्रतिशतले घटेर १५ करोड ८५ हजार रुपैयाँमा झरेको छ ।

चौथो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ६.१४ रुपैयाँबाट बढेर १०.३० रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ४७.४० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११४.६२ रुपैयाँ रहेको छ।

असार मसान्तसम्म ७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ११ करोड ११ लाख रुपैयाँ सञ्चित छ ।