Below Menu

सुनको मूल्य प्रतितोला तीन लाख नाघ्यो, चाँदीको भाउ कति ? 

सुनको मूल्य प्रतितोला तीन लाख नाघ्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी वृद्धि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार ८०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।